Thursday, April 25, 2024

-->

अछाममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

चौरपाटी गाउँपालिका–५ लुंग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर जिप दुर्घटना भएको छ।

अछाममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु १४ घाइते

अछाम– अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। 

चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक बुधबार जिप दुर्घटना भएको हो। से१ज ४२९ नंको जिप लुंग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो। 

दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का  राजेन्द्र खड्काका डेढ वर्षका छोरा ईशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले  जानकारी दिए। 

घाइते १४ जनाको बयालपाटा अस्पतालमा  उपचारको भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री