Thursday, February 29, 2024

-->

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

सोमबार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

नेप्सेमा दोहोरो अंकको वृद्धि कारोबार रकम भने घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५.३३ अंकले उकालो लागेर २१०१.१६ को विन्दुमा पुगेको हो। 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ अंकले उकालो लागेर ३७५.९९ को विन्दुमा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने एउटा उपसमूहको शेयर मूल्य ओरालो लागेको छ। 

सोमबार कारोबार रकम भने घटेको छ। आइतबार चार अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार साढे तीन अर्बमाथिको कारोबार भएको हो। सोमबार कुल एक करोड एक लाख आठ हजार १२२ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँ कारोबार भयो।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको २३ करोड दुई लाख ३५ हजार ४४९ रुपैयाँ बराबरको कारोबार भयो। 

यस्तै, एनआरएन इन्फास्टकचर १६ करोड ३० लाख २५ हजार १७६, एनआईसी एशिया बैंक १३ करोड ७७ लाख ४७ हजार ३९८, नेपाल इन्स्योरेन्स ११ करोड ३७ लाख तीन हजार २९४ र सोनापुर मिनरल्स १० करोड २७ लाख ११ हजार ७२८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने ९.९८ प्रतिशतले कमाएका छन्। 

यस्तै एनआईसी एशिया ग्रोथ फन्ड दोस्रो ८.८९, इमर्जिङ नेपाल ३.८६, मिड सिन्धु हाइड्रोपावर ३.१८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो २.७९ र एसबीएल डिवेन्चरका लगानीकर्ताले २.०७ प्रतिशतले गुमाएका छन्।


सम्बन्धित सामग्री