Thursday, February 29, 2024

-->

फागुन १ गते सार्वजनिक बिदा छैन: गृह मन्त्रालय

सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरे पनि सर्वोच्च अदालतले भने बिदा नदिन सरकारलाई आदेश दिएको थियो।

फागुन १ गते सार्वजनिक बिदा छैन गृह मन्त्रालय

काठमाडाैँ– गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको जानकारी दिए।

सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो। सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो।

यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो।


सम्बन्धित सामग्री