Thursday, February 29, 2024

-->

क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल, हेमन्तले गरे डेब्यु

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल हेमन्तले गरे डेब्यु

काठमाडाैँ– क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय शृंखलामा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले क्यानडाविरुद्धको अन्तिम खेलमा चार खेलाडी परिवर्तन गरेका छन्। विकेटकिपर आशिफ शेख, तीव्र गतिका बलर सोमपाल कामी तथा रिजन ढकाल र स्पिनर सूर्य तामाङलाई विश्राम दिइएको छ।

उनीहरूको स्थानमा ओपनर कुशल भुर्तेल, स्पिनर ललितनारायण राजवंशी, ब्याटर आरिफ शेख र हेमन्त धामी आएका छन्। यही खेलमार्फत् हेमन्तले नेपाली टोलीमा डेब्यु गरेका छन्। यीबाहेक प्लेइङ ११ मा कप्तान पौडेलसहित कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, अनिल साह, देव खनाल र आकाश चन्द रहेका छन्।

नेपालले एक खेल अगावै शृंखला २–० ले जितिसकेको छ। पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गर्दै एक खेल अगावै शृंखला जितेको थियो।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीका लागि क्यानडासँग तीन खेलको एक दिवसीय शृंखला खेलेको हो। यो शृंखला सकिएसँगै नेपालले घरेलु मैदानमा लिग २ को शुरूआत गर्ने छ।


सम्बन्धित सामग्री