Sunday, September 08, 2024

-->

रुसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

आतंकवादीलाई आर्थिक सहयोग गर्ने गतिविधिका कारण यस्ता अवैध कारोबारमा वृद्धि भएको रुसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाले जनाएको छ।

रुसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि
फाइल तस्वीर

रुसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको संख्या दोब्बर भएको रुसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाले जनाएको छ। 

आर्थिक प्रणाली पूर्ण रूपमा नियमन नभएको मौका पारेर शंकास्पद कारोबार लगभग दोब्बर भइरहेको संस्थाका प्रमुख युरी शिखानचिन बताए। 

आतंकवादीलाई आर्थिक सहयोग गर्ने गतिविधिले पनि यस्ता अवैध कारोबारमा वृद्धि भएको उनको भनाइ छ। 

यद्यपि, रोसफिनमोनिटरिंग र रुसको भीटीबी बैंकद्वारा संयुक्त रूपमा शुरू गरिएको रुसी सफ्टवेयर प्रणाली ट्रान्सपरेन्ट ब्लकचेनले यी शंकास्पद लेनदेनको पिछा गर्न र अनुसन्धान गर्न सम्भव बनाउने समाचार संस्था एएफपीले जनाएको छ।

 शिखानचिनका अनुसार रोसफिनमोनिटरिङले क्रिप्टोकरेन्सीको सञ्चारको निगरानी जारी राखेको छ। 


सम्बन्धित सामग्री