काठमाडौँ– चार देश सम्मिलित महिला टी२० श्रंखलामा नेपाल तेस्रो भएको छ।
आइतबार जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो भएको हो। ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनायो।
जापानका अकारी निशीमुराले ५१ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन्। हिनासी गोटोले ३४ बलमा १ चौकासहित १६ रन बनाइन्।
नेपालका संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाख्रिनले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।
नेपालका पूजा महतोले ५१ बलमा ४ चौकासहित सर्वाधिक ४३ रनको योगदान दिइन्। रोमा थापाले १९ बलमा ३ चौकासहित २२ तथा रुविना क्षेत्रीले १९ बलमा २ चौकासहित २१ रन बताए। कप्तान इन्दु बर्मा १२ रनमा आउट भइन्।
प्रतियोगितामा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्। तान्जानिया र हङकङले आइतबार नै उपाधिका लागि खेल्ने छन्। उक्त खेल बिहान ११:४५ बजे शुरू हुनेछ।