झापा– काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गरेका तीन जना बालकको पानीट्यांकीबाट उद्धार गरिएको छ।
अपरिचित व्यक्तिले ललाइफकाइ भारत लैजाँदै गरेका ती बालकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उद्धार गरी सोमबार राति सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो।
मेचीनगर नगरपालिका– १० धुलाबारीका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरीको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गणका डीएसपी दिनेश कटुवालले जानकारी दिए।
बालकहरूलाई विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाएको र उक्त संस्थाले अभिभावकलाई जिम्मा लगाउने उनले बताए।