काठमाडौँ– नेपालमा पहिलो पटक सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ।
सरकारले संविधान दिवसको अवसर पारेर बुधबारदेखि द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो। यसका लागि सडकमा मार्किङ गरिएको छ।

यातायात व्यवस्था विभागले २५ वटा ठूला बसको व्यवस्थापन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले ‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए।

उनले भने, “अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्कको काम मंगलबार सकिन्छ।”
उक्त लेनमा ३८ जना क्षमता रहेका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछन्।


