Sunday, September 08, 2024

-->

देशभरको मौसममा सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

देशभरको मौसममा सामान्य बदली केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। 

जसको प्रभावले सुदूरपश्चिमका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

पहाडी भूभागको थोरै स्थान र बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री