काठमाडौँ– स्पेनिश ला लिगामा रियल मड्रिडले रियल सोसिडाडलाई २–१ को गोल अन्तरले हराउँदै शीर्ष स्थानको यात्रा कायमै राखेको छ।
आइतबार राति भएको खेल शुरू भएकाे पाँचाैँ मिनेटमा सोसिडाडका एन्डर ब्यारेनाट्याक्सियाले गोल गरेका थिए। पहिलो हाफसम्म अग्रता कायम गरेको सोसिडाड दोस्रो हाफको शुरूमै ४६ औँ मिनेटमा भालभर्डेको गोलमा रियल बराबरीमा पुग्यो। अर्को गोल न्युक्यासल र स्टक सिटीका पूर्व फरवार्ड जोसुलुले ६०औँ मिनेटमा गर्दै रियल मड्रिडलाई जित दिलाए।
यो जितपछि लिग तालिकाको शीर्ष स्थानकाे यात्रा कायम गर्दै रियलले १५ अंक बनाएकाे छ भने सोसिडाड ६ अंकसहित ११औँ स्थानमा छ।