काठमाडौँ– ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अध्ययन प्रतिवेदनअनुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए।
अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ। मुद्दामा तीन अर्ब ५० करोड ३० लाख ९१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
यो पनि– सीआईबीको सुनकाण्ड अनुसन्धानः दावाको राजनीतिक कनेक्सन ‘हेर्दै नहेरी’ बुझाइयो प्रतिवेदन