काठमाडौँ– साउदी प्रो लिगमा किस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल–नासरले लगातार चौथो जित दर्ता गरेको छ।
साउदी अरेबियामा शनिबार राती अल–नासरले अल–रइदलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
अल–नासरको जितमा रोनाल्डो, साडियो माने र टलिस्काले समान १–१ गोल गरेका थिए। रइदका मुहमद फुजायरले एक गोल फर्काए।
जितसँगै अल–नासर ६ खेलबाट १२ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। समान खेल खेदेको अल–रइद भने ४ अंक सहित १५औँ स्थानमा छ।
अल–हिलाल १६ अंकसहित तालिकाको शीर्षस्थानमा छ।