Saturday, September 30, 2023

-->

सुदूरपश्चिम र लुम्बिनीमा चट्याङसहित भारी वर्षाको सम्भावना

गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको र बाँकी स्थानमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र लुम्बिनीमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। 

साथै भारतको उत्तर प्रदेश र आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही तथा कोशी, बागमती र गण्डकीका थोरै स्थानमा र मधेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै, सुदूरपश्चिम र लुम्बिनीका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।


सम्बन्धित सामग्री