Friday, September 29, 2023

-->

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवाका लागि तयार हुँदै ‘डेडिकेटेड लेन’

सरकारले असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवाका लागि तयार हुँदै ‘डेडिकेटेड लेन’ 

काठमाडौँ– सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन शुरू गरिएको छ । 

सडक डिभिजन कार्यालय काठमाडौँले सडकमा ‘रेड मार्क’ गर्न थालेको हो। सरकारले असोज ३ गतेदेखि उक्त रुटमा द्रुत बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

सोही अनुरूप सडक विभाग र यातायात व्यवस्था विभागले काम शुरू गरेका छन्। विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयारी अवस्थामा राखेको छ।

तीन दिनमा सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन बनाइसक्ने विभागले जनाएको छ।


सम्बन्धित सामग्री