Saturday, September 30, 2023

-->

रुसद्वारा २ जना अमेरिकी कूटनीतिज्ञ निष्कासित, जासुसी गरेको आरोप

रुसले अमेरिकी कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ।

रुसद्वारा २ जना अमेरिकी कूटनीतिज्ञ निष्कासित जासुसी गरेको आरोप
तस्वीर: एएफपी

रुसले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

मस्कोस्थित अमेरिकी राजदूतावासका पूर्वकर्मचारी (रुसी नागरिक)सँग मिलेर जासुसी गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो।

कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिइएको समाचार संस्था सीएनएनले जनाएको छ।

अमेरिकी मिसनका लागि काम गर्ने ती व्यक्तिसँग उनीहरूले निरन्तर सम्पर्कमा कायम गरेको रुसको आरोप छ।

उता, अमेरिकाले रुसको उक्त निर्णयको निन्दा गर्दै मस्कोले रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको टिप्पणी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले मस्कोलाई यसको उचित जवाफ दिने बताएका छन्।


सम्बन्धित सामग्री