काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग हाङजाओमा भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन्।
आफ्नो आसन्न चीन भ्रमणबारे शुक्रबार संसद्लाई जानकारी दिँदै उनले सेप्टेम्बर २५ मा चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको बताए।
लगतै १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ। यस्तै, उनले संयुक्त राष्ट्रसंघको महासभामा यस पटक सानो र छरितो टोली जान लागेको दाबीसमेत गरे।
अति कम विकसित (एलडीसी) देशहरूको अध्यक्षका हैसियतले नेपालले साझा चासोका विषयमा विभिन्न मञ्चमा आफ्ना धारणा राख्ने पनि प्रधानमन्त्री दाहालले बताए।