Friday, September 29, 2023

-->

चीनको होङझाउमा हुन लागेको एशियाडको लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

चीनको होङझाउमा हुन लागेको एशियाडको लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा

काठमाडाैँ– चीनको होङझाउमा आयोजना हुन लागेको १९औँ एशियाली खेलकुद (एशियाड)को लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले नियमित कप्तान रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

टिममा पौडेलसहित करण केसी, प्रतिश जिसी, आशिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने रहेका छन्। समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने छ।

एशियाड गेम्स सेप्टेम्बर २३ देखि अक्टाेबर ८सम्म चल्ने छ।


सम्बन्धित सामग्री