काठमाडाैँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपाल बाल संगठनको हालसम्म हिनामिना भएको सम्पत्ति जसरी पनि सरकारले फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन्।
५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार नेपाल बाल संगठनले नक्सालमा आयोजना गरेको एक विशेष कार्यक्रमको उद्घाटन गर्दै मन्त्री आचार्यले अतिक्रमणमा परेको संगठनको काठमाडौँलगायत देशका विभिन्न ठाउँमा रहेको जग्गा तथा भवन फिर्ता ल्याउने प्रतिबद्धता जनाएका हुन्।
"विभिन्न ठाँउमा बाल संगठनको सम्पत्ति हिनामिना भएको छ", उनले भने, "यो विषयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गम्भीर रुपमा लिएको छ। सरकारले अतिक्रमित संगठनको सम्पत्ति फिर्ता ल्याउने छ।"

उनले संगठनको नाममा करोडौँको चलखेल गर्ने र बालबालिकालाई आधारभूत आवश्यकताबाट बञ्चित गर्ने प्रवृत्तिविरुद्ध आफू संगठनसँगै उभिएको बताएका छन्। मन्त्री आचार्यले संगठनमा देखिएका समस्या समाधानका लागि गहन ढंगले लाग्नुपर्ने धारणा राखे।
कार्यक्रममा संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले संगठनको गर्विलो इतिहास मेटाउने दुष्प्रयास भइरहेको गुनासो गरेकी थिइन्। उनले भनिन्, "संगठनको एउटा छुट्टै इतिहास छ, यसलाई जोगाइराख्नुपर्ने सबैको कर्तव्य हो तर यसलाई विभिन्न नाममा मेटाउने दुष्प्रयास गरिएको छ।"

न्यौपानेले सीमित स्रोतसाधनका बाबजुद पनि संगठनले बालगृहलाई चलायमान बनाउने प्रयास गरेको समेत खुलाइन्। कार्यक्रममा संगठनको ‘बालक पत्रिका’ विमोचन गरिएको थियो। यस्तै, संगठनले विभिन्न विद्याललाई संलग्न गराइ आयोजना गरेका प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना भएकाहरुलाई पुरस्कार पनि वितरण गरेको थियो। यसैगरी यो वर्ष संगठनमा उत्कृष्ट कार्यसम्पादन गरेका दीपक ढकाललाई पनि सम्मान गरेको थियो।
सम्बन्धित समाचार
बाल संगठनका पदाधिकारीहरूले गुहारे सरकार
बाल संगठनको घरजग्गामा आँखा : नमूना नगर भक्तपुरमा बालगृहलाई नै ‘बारबन्देज’
बाल संगठनको जग्गा लिज सम्झौता खारेज र दोषीलाई कारबाही हुनुपर्छः चिजकुमार श्रेष्ठ