Friday, April 19, 2024

-->

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु, ९०० भन्दा बढी घाइते

हावडा सुपरफास्ट एक्सप्रेस, शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र मालगाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु ९०० भन्दा बढी घाइते
तस्वीर: एएनआई

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २२३ जना यात्रुको मृत्यु भएको छ।शुक्रबार भएको उक्त दुर्घटना ९०० भन्दा बढी यात्रु घाइते भएको प्रेस ट्रस्ट आफ इन्डियाले जनाएको छ।

“हावडा सुपरफास्ट एक्सप्रेस, शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र मालगाडी एकापसमा ठोक्किएर भयानक दुर्घटना भएको हो,” ओडिशाका मुख्य सचिव पीके जेनाले भने, “दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको छ।" 

दुर्घटना कोलकाताबाट २५० किलोमिटर दक्षिण र भुवनेश्वरबाट १७० किलोमिटर उत्तरमा बालासोर जिल्लाको बहनगा बजार स्टेशन नजिकै भएको हो।


सम्बन्धित सामग्री