Thursday, April 25, 2024

-->

प्रतितोला एक लाख १३ हजार ३०० पुग्यो सुनको मूल्य

शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर इतिहासकै उच्च मूल्य एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतितोला एक लाख १३ हजार ३०० पुग्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ।

शुक्रबार सुन प्रतितोला ८०० रुपैयाँले बढेर इतिहासकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुन एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार एक लाख १२ हजार ५०० थियो। तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ११ हजार ९५० थियो।

यस्तै चाँदीको मूल्य पनि बढ्को छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ४३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 


सम्बन्धित सामग्री