Friday, April 19, 2024

-->

मेस्सीले पीएसजी छाड्ने पक्का

पीएसजीका प्रशिक्षक क्रिस्टोफ ग्लाटियले लियोनल मेस्सीले क्लब छाड्ने पुष्टि गरेका छन्।

मेस्सीले पीएसजी छाड्ने पक्का

पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक क्रिस्टोफ ग्लाटियले लियोनल मेस्सीले सिजनको अन्त्यमा क्लब छाड्ने पुष्टि गरेका छन्। मेस्सीको यही सिजन पीएसजीसँगको सम्झौता समाप्त हुँदैछ।

ग्लाटियका अनुसार पीएसजीको सिजनको अन्तिम खेल क्लेरमोन्टविरुद्ध खेल्ने छन्। "मलाई फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर थियो। पार्क डेस प्रिन्सेसमा क्लर्मन्टविरुद्ध लियोको अन्तिम खेल हुनेछ," उनले भनेका छन्।

बार्सिलोना, इन्टर मियामी र साउदी अरबका क्लबहरू उनलाई भित्र्याउन लागिपरेका छन्। बार्सिलोनाका मुख्य प्रशिक्षक हर्नान्डेज जाभीले मेस्सीका लागि ढोका खुल्ला रहेको बताएका छन्। मेस्सीले बार्सिलोना फर्कने पक्षमा सोचिरहेका छन्, तर पक्का भइसकेको छैन। यता, साउदीको अल हिलाल पनि उनलाई भित्र्याउन आतुर रहेको छ।


सम्बन्धित सामग्री