Wednesday, April 24, 2024

-->

३ महिनाभित्र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने सहमति भएको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग तीन महिनाभित्र पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने र एक वर्षमा निर्माण अघि काम बढ्ने सहमति भएको बताएका छन्।

३ महिनाभित्र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने सहमति भएको छ प्रधानमन्त्री दाहाल

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिनाभित्र नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने लगायतका विषयमा सहमति भएको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा निर्माण अघि काम बढ्ने सहमति भएको उल्लेख गरेका हुन्।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो।


सम्बन्धित सामग्री