Wednesday, April 24, 2024

-->

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

कार्कीमाथि लिखित रूपमा पत्र वा इमेलमार्फत उजुरी दिन सकिने समितिल‍े जनाएको छ।  वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौँ– प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ।

मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समिति बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र उजुरी आह्वान गरेको हो।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा कार्कीको व्यक्तिगत विवरण समिति सदस्यलाई प्रदान गरिएको छ। सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ।

कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ। उजुरीकर्ताको परिचय समितिले गोप्य राख्नेछ भने नाम बिना आएका उजुरीलाई भने प्राथमिकता नदिइने बताइएको छ।

ज्येष्ठ सदस्य पशुपति समसेर जबराको अध्यक्षतामा बसेको बैठकले संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। कार्की १५ महिनादेखि कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत छन्। 


सम्बन्धित सामग्री