Friday, March 29, 2024

-->

बेंगलोर उडेको निगमको जहाजमा चरा ठोक्किएको आशंका, काठमाडौँ नै फर्काइयो

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा फर्काइएको नेपाल नागरिक उड्‌डयन प्राधिकरणले जनाएको छ।

बेंगलोर उडेको निगमको जहाजमा चरा ठोक्किएको आशंका काठमाडौँ नै फर्काइयो

काठमाडौँ– काठमाडौँबाट बेंगलोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाजमा चरा ठोक्किएको आशंकापछि काठमाडौँ नै फार्काइएको छ।

सिमरामाथिबाट ‘डाइभर्ट’ गरेर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण भएको नेपाल नागरिक उड्‌डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

“४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा फर्काइएको हो,” उनले भने, “अहिले प्राविधिकहरूबाट परीक्षण भइरहेको छ।”

उक्त जहाज १: ४५ बजे काठमाडौँबाट बेंगलोरका लागि उडेको थियो।


सम्बन्धित सामग्री