Friday, September 29, 2023

-->

मकालु आधार शिविरमा पर्यटन सहयोगीको मृत्यु

मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको छ।

मकालु आधार शिविरमा पर्यटन सहयोगीको मृत्यु

किमाथांका– संखुवासभास्थित मकालु हिमालको आधार शिविरमा पर्यटन सहयोगीको मृत्यु भएको छ।

मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए।

विदेशी पर्यटकको भारी बोकेर गएका उनी लेक लागेर बिहीबारदेखि बिरामी परेका थिए। विष्टको शव हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताए।

सदरमुकाम खाँदबारीबाट आधार शिविर पुग्न पाँच दिनको पैदल दूरीमा पर्छ। घटनाका बारेमा शनिबार दिउँसो मात्रै जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए। 


 


सम्बन्धित सामग्री