Friday, March 29, 2024

-->

एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो।

एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

काठमाडौँ– एमालेको नाराबाजी र अवरोधपछि संसद् बैठक २० मिनेटका लागि स्थगित भएको छ।  

पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए।

सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमाले सांसदले संसद् चल्न नदिने अडान लिएका थिए।

यसैबीच, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद् चल्न नदिने अडान राखेका थिए। त्यसपछि एमालेले नाराबाजी शुरू गरेको थियो।


सम्बन्धित सामग्री