Friday, March 29, 2024

-->

एकै हप्तामा तीन हिमाल आरोहण

निमाले संसारको सर्वोच्च हिमाल सगरमाथासहित ल्होत्से र मकालु हिमाल आरोहण गरेका छन्।

एकै हप्तामा तीन हिमाल आरोहण

काठमाडौँ- संखुवासभास्थित मकालु–४ का निमा शेर्पा (२७) ले एकै हप्तामा ८ हजारमाथिका तीन हिमाल आरोहण गरेका छन्।

पछिल्लोपटक उनले मे २३ मा संसारकै पाचौँ अग्लो मकालु (८४६१ मिटर) हिमाल आरोहण गरेका थिए। त्यसअघि मे १८ मा संसारकै चौथो अग्लो ल्होत्से हिमाल (८५१६मिटर) र मे १७ मा सगरमाथा आरोहण गरेका थिए। 

उनी सगरमाथा र ल्होत्सेमा एउटै आरोहण दलसँग गएका थिए। मकालुमा भने बेग्दै आरोहण दल थियो।

एकपछि अर्काे हिमाल लगातार चढेका उनले उकालोसित भने,“यो त मौका हो, मैले मौका पाएँ चढेँ। मुख्य कुरा पैसा नै हो। सबैले यस्तो मौका पाउँदैनन्। कोही आरोहीले फेरि चढौँ भनेको भए म तयार थिएँ।” 

सतोरी एक्सपिडिसनका क्लाइम्बिङ गाइड निमाकाे सगरमाथा आरोहण सातौँपटक हो। उनी निकै छिटो हिँड्ने पर्वतारोही गाइडमा गनिन्छन्। सतोरीका एक्सिपिडिसन लिडर मिग्मा तेम्बा शेर्पाका अनुसार क्याम्प २ बाट भारी बोकेर क्याम्प ४ जाँदा, अरूले लगाएको त्यति नै समयमा उनले दुईपटक ओसारिसकेका हुन्थे। बिनाअक्सिजन क्याम्प ४ मा उनी एक्लै जानसक्छन्।    

१६ वर्षदेखि हिमाल आरोहण पेशामा आबद्ध निमालाई उनका बाबुआमाले लामा पढ्का लागि राखिदिएका थिए। तर उनी भागेर पर्वतारोहण क्षेत्रमा लागेका थिए। 


सम्बन्धित सामग्री