Thursday, April 25, 2024

-->

काभा महिला भलिबल: नेपाल सेमिफाइनलमा पराजित, उपाधिका लागि काजकस्तान र भारत भिड्ने

प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा आयोजक नेपाललाई काजकस्तानले ३-२ को सेटमा पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको छ।

काभा महिला भलिबल नेपाल सेमिफाइनलमा पराजित उपाधिका लागि काजकस्तान र भारत भिड्ने
फाइल तस्वीर

काठमाडौँ- काभा अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधिका लागि काजकस्तान र भारत भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन सेमिफाइनलमा काजस्कस्तानले नेपाल र भारतले उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्।

प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा आयोजक नेपाललाई काजकस्तानले ३-२ को सेटमा पराजित गर्‍यो। पहिलो सेटमा काजकस्तानले नेपालमाथि ३०-२८ अंक जोडेको थियो। दोस्रो सेटमा भने काजकस्तानलाई २५-१६ ले पराजित गर्दै नेपाल खेलमा फर्कियो।

तेस्रो सेटमा नेपालले २५-१५ को सहज जित हासिल गर्‍यो। तर चौथो सेट भने नेपालले २५-१८ ले गुमाउँदा खेल २-२ को स्थितिमा पुग्यो।

महत्त्वपूर्ण अन्तिम तथा पाँचौँ सेटमा नेपालमाथि काजकस्तान हाबी भयो। उक्त सेट नेपालले १५-७ ले गुमायो। अब काजकस्तानले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ। 

शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको थियो।

अब नेपाल र उज्वेकिस्तानले भने तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन्। फाइनल र तेस्रो स्थानका दुवै खेल आइतबार हुनेछन्।


सम्बन्धित सामग्री