Saturday, April 20, 2024

-->

एफसी यू–२० महिला एशियन कप : छनोटको दोस्रो चरणका लागि नेपालको टोली घोषणा

छनोटको समूह ‘बी’ मा नेपालसँगै चीन, म्यानमार र चाइनिज ताइपेइसँग परेको छ। पहिलो खेल जुन ६ मा आयोजक म्यानमारसँग हुनेछ।

एफसी यू–२० महिला एशियन कप  छनोटको दोस्रो चरणका लागि नेपालको टोली घोषणा

काठमाडौँ- एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरणका लागि नेपालको यू–२० राष्ट्रिय महिला टोलीको अन्तिम टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार टोलीको घोषणा गरेका हुन्।

छनोटको समूह ‘बी’ मा नेपालसँगै चीन, म्यानमार र चाइनिज ताइपेइसँग परेको छ। नेपालले आफ्नो पहिलो खेल जुन ६ मा आयोजक म्यानमारसँग खेल्नेछ भने जुन ८ मा चीनसँग खेल्नेछ। जुन १० मा चाइनिज ताइपेसँग अन्तिम खेल खेल्नेछ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो राउण्डमा आयोजक प्यालेस्टाइन र उत्तरी मारियाना आइल्यान्डलाई समान ६–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।

अन्तिम टोली:
गोलकिपर: कविता विक, लिला जोशी, सावित्री किसान
डिफेन्डरः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जीटी, अञ्जली माचामसी, सारा बज्राचार्य
फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन


सम्बन्धित सामग्री