Thursday, April 25, 2024

-->

रुकुम पश्चिममा जीप दुर्घटना: ४ जनाको मृत्यु, ११ घाइते

सानीभेरी गाउँपालिकाबाट मुसिकोटतर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

रुकुम पश्चिममा जीप दुर्घटना ४ जनाको मृत्यु ११ घाइते

काठमाडौँ– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  

बिहीबार बिहान बाँफिकोट–८ तोरीधारामा भएको दुर्घटनामा अरु ११ जना घाइते भएको गाउँपालिका अध्यक्ष जनककुमार बाँठामगरले जानकारी दिए।

घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको र छ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको उनले बताए।

सानीभेरी गाउँपालिकाबाट मुसिकोटतर्फ गइरहेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो। मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको उनले बताए। 


सम्बन्धित सामग्री