Thursday, June 01, 2023

-->

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ: गृहमन्त्री

मुलुकमा व्याप्त कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन नसक्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ।

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन थप अनुसन्धान जारी छ गृहमन्त्री 

काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन्।

बिहीबार ज्ञापनपत्र बुझाउन आएको राष्ट्रिय युवा संघ नेपालको टोलीसँग मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानका आधारमा मात्रै पक्राउ गर्न नमिल्ने बताए। 

युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। राजनीतिक दलले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको उनको भनाइ थियो।

“हाम्रो देशमा भ्रष्टाचारको जालो व्याप्त छ। कमिसनले पनि देशलाई जर्जर बनाएको छ,” गृहमन्त्री श्रेष्ठले भने, “यो कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन।”

नक्कली शरणार्थी बनाइ देशका नागरिकलाई बेच्ने कार्य सह्य नहुने उनले बताए। 


 


सम्बन्धित सामग्री