Tuesday, April 23, 2024

-->

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

दिउँसो काठमाडौँमा पनि वर्षाको सम्भावना छ। निम्नचापीय प्रणालीको असरका कारण देशका विभिन्न स्थानमा बिहीबारसम्म नै वर्षा हुने महाखाखाले जनाएको छ।

कोशी बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशमा पश्चिमी निम्नचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।

जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ।

पहाडी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहरीसहित वर्षा हुने महाशाखाको भनाइ छ।

यस्तै, तराईका विभिन्न स्थानमासमेत अपराह्नपछि हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। दिउँसो काठमाडौँमा पनि वर्षाको सम्भावना रहेको छ।

निम्नचापीय प्रणालीको असरका कारण बुधबार र बिहीबार वर्षा हुने महाखाखाले जनाएको छ।


सम्बन्धित सामग्री