Thursday, April 25, 2024

-->

सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ: प्रधानमन्त्री

अल्पसंख्यक र सीमान्तकृत समुदायको मूलप्रवाहीकरण, विकास र समृद्धिका मुद्दालाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री दाहालको भनाइ छ।

सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन्।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताएका हुन्।

“सानो संख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका  छ,” उनले भने, “यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठूलो छ।”  

सबै अल्पसंख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको प्रधानमन्त्री दाहालले बताए।

भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति थियो ।


सम्बन्धित सामग्री