Thursday, April 25, 2024

-->

आर्मीमाथि एनआरटीको जित

लिगमा एनआरटी र आर्मीले पहिलो खेल ३-३ गोलको बराबरी खेलेका थिए। दोस्रो खेलमा बाजी मार्दा एनआरटी २१ खेलमा २६ अंकसहित आठौँ स्थानमा उक्लिएको छ। आर्मी पाँचौँ स्थानमा यथावत् छ।

आर्मीमाथि एनआरटीको जित

काठमाडौँ- तीन खेलमा जितविहीन रहेको न्यूरोड टिम (एनआरटी)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा एनआरटीले आर्मीलाई १-० गोलअन्तरले पराजित गरेको हो। खेलको एक मात्र गोल कृतिश रत्न छुन्जुले गरेका थिए। ७९औँ मिनेटमा सन्जिव विष्टले उपलब्ध गराएको थ्रू बललाई नियन्त्रणमा लिँदै उनले गोल गरेका हुन्।

लिगमा एनआरटी आर्मीसँग अपराजित रह्यो। यी दुईबीचको पहिलो खेल ३-३ गोलको बराबरीमा सकिएको थियो। जितसँगै २१ खेलबाट २६ अंक जोडेको एनआरटी आठौँ स्थानमा उक्लिएको छ।

एनआरटीले ६ जित, आठ हार र सात बराबरी खेलेको छ। पराजित आर्मी समान खेलबाट २९ अंकका साथ पाँचौँ स्थानमा यथावत् छ। आर्मीले समान खेलमा सात जित, आठ बराबरी र ६ हार बेहोरेको छ।


सम्बन्धित सामग्री