Friday, March 29, 2024

-->

काभा भलिबल: बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार सम्पन्न आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ३–० को सोझो सेट पराजित गर्दै नेपाल सेमिफाइनमा पुग्न सफल भएको छ।

काभा भलिबल बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा
फाइल तस्वीर

काठमाडाैँ– आयोजक नेपाल एक खेल बाँकी छँदै काभा अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार सम्पन्न आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ३–० को सोझो सेट पराजित गर्दै नेपाल सेमिफाइनमा पुग्न सफल भएको हो।

नेपालले बंगलादेशलाई २५–१०,२५–८ र २५–९ ले पराजित गर्‍यो। समूह ‘ए’मा रहेको नेपालले २ खेलबाट ६ अंक जोडेको छ।

नेपालले पहिलो खेलमा साेमबार किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो। भारतले पनि पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो।

मंगलबारको दोस्रो खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै ३ अंक बटुल्यो। समूह ‘ए’बाट नेपाल र भारत सेमिफाइनल पुगिसकेका छन्।

लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश भने एक खेल बाँकी छँदै समूह चरणबाटै बाहिरिएका छन्।

अब नेपाल र भारतले समूहको अन्तिम खेल बुधबार खेल्ने छन्।


सम्बन्धित सामग्री