Wednesday, April 24, 2024

-->

काठमाडौँ महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौँ महानगरपालिकाले सिंहदरबारको पश्चिमगेट अगाडि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको छ।

काठमाडौँ महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहोरमैला हटाएको छ।

राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहोरमैला हटाएको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहोरमैला हटाउन माइकिङ गरेको र मंगलबार महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए।

“सिंहदरबार अगाडिका अवैध संरचना तथा अव्यवस्थित फोहोरमैला हटाएका छौँ। आफ्नो घर, कार्यालय अगाडि सरसफाइ गरिदिनुहुनका लागि महानगरले अनुरोध गर्दै आएको छ। महानगरलाई स्वच्छ, सफा बनाउन सम्पूर्ण व्यक्ति जिम्मेवार हुनुपर्दछ,” उनले भने।

सरकारी कार्यालय अगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिबाना गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए। सिंहदरबारको पश्चिमगेट अगाडि पुलमुनि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो। महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संचना हटाएको छ।

महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी शनिबार वृक्षरोपणको कार्यक्रम गर्ने जानकारी दिए।


सम्बन्धित सामग्री