Friday, April 19, 2024

-->

सात कम्पनीले पाए ब्रोकर लाइसेन्स

धितोपत्र बोर्ड सञ्चालन समितिको बैठकले आशयपत्र पाएका ४३ मध्ये सात कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ।

सात कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले ७ धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ। सोमबार बसेको धितोपत्र बोर्ड सञ्चालन समितिको बैठकले आशयपत्र पाएका ४३ मध्ये सात कम्पनीलाई लाइसेन्स दिएको हो। 

लाइसेन्स पाउने कम्पनीहरूमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, शेयरप्रो सेक्युरिटिज, प्रापर्टी विजार्ड रहेका छन्।

ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन परेकोमा ४३ ले आशयपत्र पाएका थिए। तीमध्ये सात कम्पनीले व्यवसाय सञ्चालनको लाइसेन्स पाएको बोर्डले जनाएको छ। यसअघि २०६८ सालमा २७ ब्रोकर कम्पनी थपिएर ५० पुगेको थियो।


सम्बन्धित सामग्री