Friday, April 19, 2024

-->

काभा भलिबल : नेपाल र भारतको विजयी शुरूआत

काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल र भारतले विजयी शुरूआत गरेका छन्।

काभा भलिबल  नेपाल र भारतको विजयी शुरूआत

काठमाडौँ– घरेलु टोली नेपाल र भारतले काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरूआत गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबार सम्पन्न आ–आफ्नो खेलमा नेपाल र भारतले जित हासिल गरेका हुन्।

नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो। पहिलो सेट २५–११ ले जितेको नेपालले त्यसपछिका दुई सेट पनि लगातार जित्यो।

दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–११ ले अंक हासिल गर्‍यो। जितसँगै समूह 'ए'को नेपालले ३ अंक जोडेको छ।

प्रतियोगिताअन्तर्गत सोमबार नै भएको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो।

भारतले पहिलो सेट २५–३, दोस्रो २५–९ र तेस्रोमा २५–६ जित हासिल गर्‍यो।

प्रतियोगितामा नेपाल, बंगलादेश, मालदिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्बेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ।

समूह 'ए'मा नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान छन्। समूह 'बी' मा श्रीलंका, मालदिभ्स, काजकिस्तान र उज्बेकिस्तान रहेका छन्।

जितसँगै नेपाल र भारतले २/२ अंक जोडेको छ। राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन्।


सम्बन्धित सामग्री