Thursday, April 25, 2024

-->

जी–७ को विज्ञप्तिप्रति चीनको तीव्र असन्तुष्टि

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित जी–७ का नेताहरू सहभागी जापानको हिरोसिमामा जारी शिखर सम्मेलनमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै चीनले तीव्र असन्तुष्टि जनाएको छ।

जी–७ को विज्ञप्तिप्रति चीनको तीव्र असन्तुष्टि
तस्वीर: रोयटर्स

बेइजिङलाई लक्षित गरी जी–७ का नेताले जारी गरेको विज्ञप्तिप्रति चीनले शनिबार ‘तीव्र असन्तुष्टि’ व्यक्त गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित आर्थिक रूपमा सम्पन्न सात प्रमुख राष्ट्रको समूह (जी–७)को शिखर सम्मेलनमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै तीनले तीव्र असन्तुष्टि जनाएको छ। सम्मेलनमा सहभागी नेताहरू जापानको हिरोसिमामा भइरहेको शिखर सम्मेलनमा सहभागी भइरहँदा चीनको यो असन्तुष्टि आएको हो।

उक्त सम्मेलनले एक वक्तव्य जारी गर्दै चीनलाई हस्तक्षेपकारी गतिविधि नगर्न आग्रह गरेको छ। विशेष गरी तिब्बत र सिन्जियाङको सुदूरपश्चिमी क्षेत्रमा चीनमा कथित मानवअधिकार उल्लंघनबारे चिन्ता व्यक्त गरेको छ।

दक्षिण चीन सागरको क्षेत्रीय विवादलाई लिएर चिन्तित रहेको र अप्रत्यक्ष रूपमा चीनले जबरजस्ती गरेको जी–७ राष्ट्रको आरोप छ। बेइजिङलाई जी–७ ले युक्रेनमाथिको आक्रमण अन्त्य गर्न रुसलाई दबाब दिन आफ्नो प्रभाव प्रयोग गर्न पनि आग्रह गरेको छ। 

तर, चीनको विदेश मन्त्रालयले शनिबार साँझ जवाफी प्रतिक्रिया दिँदै जी–७ को दृष्टिकोणको कुनै अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको बताएको छ। “जी–७ ले चीनसँग सम्बन्धित विषयमा छेडछाड गर्ने, चीनलाई बदनाम गर्ने र आक्रमण गर्ने कुरामा मात्र जोड दिएको छ,” विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि, चीनले सम्मेलन सकिनु पूर्व नै हतार गरी संयुक्त विज्ञप्ति जारी गरिएको र यसको उद्देश्य प्रस्ट नभएको बताएको थियो। जी–७ को वक्तव्यमा ताइवान टापु वरपरको जल क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएको तर ताइवान आन्दोलनबारे स्पष्ट विरोध नदेखाएको चीनको भनाइ छ।

जी–७ समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन्।


सम्बन्धित सामग्री