Friday, March 29, 2024

-->

कामीरिता शेर्पा २७औँ पटक सगरमाथा शिखरमा, तोडे आफ्नै कीर्तिमान

सोलुखुम्बुको थामे निवासी कामीरिता २७औँ पटक सगरमाथा शिखरमा पुगेर विश्व कीर्तिमान बनाएका छन्। बुधबार बिहान शिखरमा पुगेका उनले आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्।

कामीरिता शेर्पा २७औँ पटक सगरमाथा शिखरमा तोडे आफ्नै कीर्तिमान
तस्वीर: सेभेन समिट ट्रेक्स

काठमाडौँ– कामीरिता शेर्माले २७औँ पटक सगरमाथा आरोहण गरेका छन्। कामीरिताको टोली बुधबार बिहान ८: ३० बजे शिखरमा पुगेको सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईंले जानकारी दिए।

योसँगै उनले आफ्नै नाममा रहेको सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने आरोहीको कीर्तिमान तोडेका छन्। कामीरिताले सन् २०२२ मे ७ मा २६ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए।

सोलुखुम्बुको थामे निवासी ५३ वर्षीय कामीरिता १९९४ मे १३ मा पहिलो पटक सगरमाथा शिखरमा पुगेका थिए। यसैबीच १८ वर्षीय डेढीया मिथहिल राजु पनि सगरमाथा शिखरमा पुग्न सफल भएका छन्।

भारतको मुम्बई निवासी उनी बिहान ८: ५५ मा शिखरमा पुगेका हुन्। 


सम्बन्धित सामग्री