Friday, March 29, 2024

-->

बालकृष्ण खाँणलाई पार्टीले निलम्बन गर्नुपर्छ: गगन थापा

भुटानी शरणार्थी प्रकरणमा मुछिने सबैलाई कारबाही हुनुपर्ने भन्दै यसमा दायाँबायाँ गर्न नहुनेमा थापाले जोड दिएका छन्।

बालकृष्ण खाँणलाई पार्टीले निलम्बन गर्नुपर्छ गगन थापा

काठमाडौँ– कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका छन्।

प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनमा थापाले यो प्रकरणमा पक्राउ परेका पार्टीले नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने थापाको भनाइ छ।

कुनै पदमा बसेको मान्छे, प्रहरी, अदालत, निजामती कर्मचारी कहीँ पनि अभियोग लागेपछि स्वतः निलम्बन हुने थापाले बताए। “नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता मुछिनु भएको छ। पार्टीमा भएको व्यक्ति भ्रष्टाचारी हुनसक्छ, पार्टी हुँदैन,” उनले भने, “विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियाको पालना सबैले गर्नुपर्छ।”

भुटानी शरणार्थी प्रकरणमा मुछिने सबैलाई कारबाही हुनुपर्ने भन्दै यसमा दायाँबायाँ गर्न नहुनेमा थापाले जोड दिएका छन्। 


सम्बन्धित सामग्री