Thursday, April 25, 2024

-->

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीले पाएको जन्मकैदको सजायलाई सदर गर्ने फैसला सुनाएको छ।

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर

काठमाडौँ– सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीले पाएको जन्मकैदको सजायलाई सदर गर्ने फैसला सुनाएको छ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले रेशमलाई सर्वस्वसहित जन्मकैद सजाय हुने कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको हो।

२०७२ सालमा भएको टीकापुर हत्याकाण्डमा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। सर्वोच्चले थुनामुक्तिका लागि रेशमले दायर गरेको रिटमाथि दाबी नपुग्ने ठहर गरेको हो।

सर्वोच्चले सीताराम चौधरी र गंगा चौधरीको हकमा भने उच्च अदालत दिपायलको फैसलालाई उल्टाउँदै कसुरबाट सफाइ पाउने ठहर गरेको छ।

त्यस्तै, सर्वोच्चले लक्ष्मण थारू (चौधरी)को हकमा उच्च अदालतको फैसलालाई उल्ट्याउँदै जिल्ला अदालतको फैसलालाई सदर गरेको छ। “अन्य प्रतिवादीहरूको हकमा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने निजहरूको पुनरावेदनको जिकिर पुग्न सक्दैन,” संक्षिप्त आदेशमा भनिएको छ।

No description available.No description available.


सम्बन्धित सामग्री