Friday, March 29, 2024

-->

मलेसिया टूर : नेपाली महिला क्रिकेट टोलीको घोषण

नेपालले मलेसियासँग २९ मेमा पहिलो खेल खेल्ने छ। ३० मेमा दोस्रो र १ जुनमा तेस्रो खेल खेल्ने छ।

मलेसिया टूर  नेपाली महिला क्रिकेट टोलीको घोषण
फाइल तस्वीर

काठमाडौँ– मलेसियासँग ५ खेलको टी-२० आई सिरिज खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार मलेसियाको घरेलु मैदानमा सिरिज खेल्न नेपाली टोलीको घोषण गरेको हो। सिरिज २९ मेबाट शुरू हुनेछ।

टोलीको कप्तानी रूविना क्षेत्री बेलबासेले गर्ने छिन्। टोलीमा सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जैशी, अस्मिना कर्माचार्य, संगीता राई, बिन्दु रावल, ममता चौधरी, अप्सरा बेगम, कजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासिनी, सम्झना खड्का, सोनी पाख्रिन, ईश्वरी श्रेष्ठ, सृष्टि जैशी र सरस्वती चौधरी रहेका छन्।

टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सामसन जंग थापाले सम्हाल्ने भएका छन्।

नेपालले गत वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डासँग ५ खेलको सिरिज खेलेको थियो। उक्त सिरिज नेपालले ३–२ ले गुमाएको थियो।

नेपालले मलेसियासँग २९ मेमा पहिलो खेल खेल्ने छ। ३० मेमा दोस्रो र १ जुनमा तेस्रो खेल खेल्ने छ। त्यस्तै, ३ जुनमा चौथो र ४ जुनमा पाँचौँ खेल खेल्ने छ।


सम्बन्धित सामग्री