Thursday, April 25, 2024

-->

पाल्पामा जारी राष्ट्रिय ‘बिच भलिबल’मा आर्मी, गण्डकी र लुम्बिनीको विजयी शुरूआत

बिच भलिबलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालिकाले जनाएको छ।

पाल्पामा जारी राष्ट्रिय ‘बिच भलिबल’मा आर्मी गण्डकी र लुम्बिनीको विजयी शुरूआत

काठमाडौँ– पाल्पाको पर्यटकीय स्थल रानीमहलमा जारी राष्ट्रिय ‘बिच भलिबल’मा आर्मी, गण्डकी र लुम्बिनी प्रदेशले विजयी शुरूआत गरेका छन्।

पहिलो खेलमा त्रिुभवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ। दोस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ। गण्डकीले आयोजक टिमलाई पराजित गरेको हो।

यस्तै, सुदूरपश्चिम उपस्थित नभएपछि लुम्बिनी प्रदेश स्वतः विजयी भएको छ। सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा भएको प्रतियोगितामा कोशीबाहेक ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी छन्।

बिच भलिबलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। विजेताले एक लाख ५० हजार उपविजेताले एक लाख र तृतीयले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 


सम्बन्धित सामग्री