Wednesday, April 24, 2024

-->

मौद्रिक नीति समीक्षा: १ प्रतिशतले घट्यो बैंकदर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर ७.५ प्रतिशत कायम गरेको छ।

मौद्रिक नीति समीक्षा १ प्रतिशतले घट्यो बैंकदर 

काठमाडौँ– नेपाल राष्ट्र बैंकले विद्यमान बैंकदर १ प्रतिशत विन्दुले घटाएको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर ७.५ प्रतिशत कायम गरेको हो।

“विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत् राख्दै बैंक दर १ प्रतिशत घटाइ ७.५ प्रतिशत कायम गरिएको छ,” राष्ट्र बैंकले भनेको छ। ब्याजदर कोरिडोरअन्तरगत अन्य दर यथावत् राखिएको छ।

सरकारी धितोपत्रको सुरक्षणमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने ऋणमा लिने ब्याजदरलाई नै बैंकदर भनिन्छ। 


सम्बन्धित सामग्री