Friday, April 19, 2024

-->

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर बिहीबार बिहान ५: १५ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ।

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ– बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बिछ्या केन्द्रबिन्दु भएर बिहीबार बिहान ५: १५ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो।

बिछ्या केन्द्रबिन्दु भएर वैशाख २३ गते पनि ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ। 


सम्बन्धित सामग्री