Friday, March 29, 2024

-->

नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ

कांग्रेस सांसद आचार्य आइतबार बिहान महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएका थिए।

नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ

काठमाडौँ– नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।  

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेले नवनियुक्त मन्त्री आचार्यलाई शपथ गराएका हुन्। 

कांग्रेस सांसद आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान मन्त्री नियुक्त गरेका थिए। यसअघि महिन्द्रराय यादव महिला तथा बालबालिका मन्त्री थिए। यादवलाई यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ। 

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु–२ बाट निर्वाचित भएका हुन्। प्रधानमन्त्री दाहालले यसअघि बिहीबार कांग्रेसकै मोहनबहादुर बस्नेत, धनराज गुरूङ र डिगबहादुर लिम्बुलाई मन्त्री नियुक्त गरेका थिए।


सम्बन्धित सामग्री