Saturday, April 20, 2024

-->

सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई आशयपत्र

बोर्डको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले थप १३ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो। आशयपत्र पाएका कम्पनीले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्नेछ।

सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई आशयपत्र

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले थप १३ वटा ब्रोकर कम्पनीलाई आशयपत्र दिएको छ। बोर्डको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले थप १३ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो।

आशयपत्र पाउनेमा सनराइज सेक्युरिटिज, जेबिएनएल सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, स्टकस्टकार्टस् सेक्युरिटिज, प्रोपर्टी विजार्ड, क्यपिटल हब, मिल्की वे सेयर ब्रोकर कम्पनी छन्।

यस्तै, ब्लूचिप सेक्युरिटिज, गरिमा सेक्युरिटिज, कलश स्टक मार्केट, मनि वर्ल्ड सेयर एक्सचेन्ज, शुभकामना सेक्युरिटिज, मियो सेक्युरिटिजले पनि आशयपत्र पाएका छन्। बोर्डले २०७९ असोज २ मा लाइसेन्सका लागि आवेदन माग गरेको थियो।

बोर्डले ‘ओपन इन्ट्री ओपन एक्जिट’को व्यवस्थासहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो। धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ अनुसार आशयपत्र पाएका कम्पनीले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्नेछ।

बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझपछि धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्नेछ।

 


सम्बन्धित सामग्री