Wednesday, April 24, 2024

-->

बझाङमा यार्सा खोजेर फर्कने क्रममा २ जनाको कठ्यांग्रिएर मृत्यु, १ बेपत्ता

चिसोले कठ्यांग्रिएर सूर्मा गाउँपालिका– ४ का प्रमु बोहरा र ५ नं वडाका कलक बोहराको मृत्यु भएको छ। यस्तै, १ नं वडाकी झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन्।

बझाङमा यार्सा खोजेर फर्कने क्रममा २ जनाको कठ्यांग्रिएर मृत्यु १ बेपत्ता
दार्चुलाको व्याँसमा हिमपहिरोमा फसेका स्थानीयको उद्धार गर्न जाँदै प्रहरी। तस्वीर: उमेशसिंह धामी

काठमाडौँ– बझाङमा यार्सा संकलन गरेर फर्कने क्रममा दुई जनाको मृत्यु भएको छ। एक जना महिला हिमपहिरोमा परेर बेपत्ता भएकी छन्।

सूर्मा गाउँपालिका–१ को लेकबाट फर्कँदै गरेका उनीहरू अप्ठ्यारो बाटोमा हिउँमा फसेका थिए। भारी मात्रामा हिमपात र वर्षा भएपछि चिसोले कठ्यांग्रिएर सुर्मा गाउँपालिका– ४ का प्रमु बोहरा र ५ नं वडाका कलक बोहराको मृत्यु भएको गाउँपालिका अध्यक्ष खडकबहादुर बोहराले जानकारी दिए।

उनका अनुसार कलकको आइतबार र प्रमुको मंगलबार मृत्यु भएको हो।  यस्तै मंगलबार सूर्मा–१ की झल्लादेवि बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन्।

झल्लादेवीलाई पनि ३ छोराछोरी र १ जना छिमेकीसिहत गाउँ फर्कने क्रममा हिमपहिरोले बगाएको ‍५ नं वडाका अध्यक्ष वीरबहादुर जेठाराले बताए। उनको खोजी कार्य जारी रहेको जेठाराको भनाइ छ।


सम्बन्धित सामग्री