Saturday, April 20, 2024

-->

नियन्त्रण र सन्तुलन नहुँदा राज्यका निकायमा स्वेच्छाचारिता बढ्यो : शंकर पोखरेल

राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको महासचिव पोखरेलको भनाइ छ।

नियन्त्रण र सन्तुलन नहुँदा राज्यका निकायमा स्वेच्छाचारिता बढ्यो  शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप चल्न नसक्दा राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको बताएका छन्।

मंगलबार कानून दिवसको शुभकामना दिँदै उनले नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायमा स्वेच्छाचारिता बढेको दाबी गरे।

“राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको हो,” उनले भनेका छन्।

मुलुकलाई सहीबाटोमा अघि बढाई नियन्त्रण र सन्तुलन कायम गर्न शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने महासचिव पोखरेलको भनाइ छ। 


सम्बन्धित सामग्री